प्रहरी र तस्करबीच दोहोरो भिडन्त – Nagarikabhiyan : National News

प्रहरी र तस्करबीच दोहोरो भिडन्त

काठमाडौं ।  सीमा क्षेत्रमा प्रहरी र तस्करबीचको दोहोरो भिडन्तमा गोली चल्दा कञ्चनपुरमा १ जनाको मृत्यु भएको छ ।

कञ्चनपुर जिल्लाको बेलौरीमा भएको दोहोरो भिडन्तमा १ जना भारतीय नागरिक मारिएका हुन् ।

बेलौरी नगरपालिका–७ मा नेपाल–भारत सीमा नजिकै भारतीय तस्कर र प्रहरीबीच दोहोरो भिडन्त भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक अमरबहादुर थापाले जानकारी दिए ।

थापाका अनुसार गोली प्रहारबाट भारतीय नागरिकको मृत्यु भएको छ । मृतकको परिचय खुलिसकेको छैन ।

मृतकको शव बेलौरी प्राथमिक अस्पतालमा राखिएको प्रहरीले जनाएको छ ।