११ महिनादेखि खुलेन भारतसँग जोडिएका नाका, जनतालाई आवतजावत गर्न नै समस्या
२० फाल्गुन २०७७, बिहीबार ११:१२
काठमाडौं । भारतसँग जोडिएका बैतडी जिल्लाको नाका ११ महिनादेखि बन्द हुँदा जनातालाई आवतजावत गर्न नै समस्या भएका छन् ।
कोरोना भाइरसको सङ्क्रमण रोकथाम तथा नियन्त्रण गर्नका लागि पछिल्लो ११ महिनादेखि महाकाली नदीमा रहेका जिल्लाका तल्लोस्वराडका नाका घाट गत चैतदेखि नै बन्द गरिएका छन । ११ महिना बित्तिसक्दा पनि बन्द भएको नाका अझै खुल्न नसक्दा त्यहाँका स्थानीयलाई समस्या भएको हो ।
भारत जाने शिवनाथ गाउँपालिकाको नागार्जुन घाट र कुस्मौद घाट तथा पञ्चेश्वर गाउँपालिकाको बलारघाट, ढोयाघाट, रोलघाट, डिम्बरघाट, पञ्चेश्वर घाट, विनायक घाट र धरमघाट बन्द अवस्थामा छन् । जसका कारण दैनिक उपभोग्य सामान समेत महँगो खरिद गर्नुपरेको स्थानीयवासी वीरेन्द्र महतले बताएको छ ।
भारतकै भरमा रहेका स्थानीयवासी हाल समस्यामा परेका हुन् । हालै तल्लोस्वराडमा सडकसञ्जाल विस्तार भएकाले नेपालबाट लगिएको महँगोमा सामान पुग्ने गरेको छ । स्थानीय बासिन्दाको समस्यालाई ध्यानमा राख्दै स्थानीय सरकारले घाट खोलिदिन आग्रह गर्दै जिल्ला प्रशासन कार्यालयलाई आग्रह गरेको शिवनाथ गाउँपालिकाका उपाध्यक्ष कुष्मा चन्दले बताएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया