रोकिएन म्यानमारमा प्रजातन्त्र पक्षका प्रदर्शन, सेनाद्वारा थप ६ को मृत्यु
१९ फाल्गुन २०७७, बुधबार १६:००
काठमाडौं । म्यानमारमा प्रजातन्त्रका पक्षमा सहभागी प्रदर्शनकारी माथि सुरक्षा सैनिकले चलाएको गोली लागेर म्यानमारको शहरमा ४ र दोस्रो ठूलो शहर मन्डालेमा २ जनाको मृत्यु भएको छ। 
ए.एफ.पी.का अनुसार बुधबार मध्य थप ६ जनाको मृत्यु भएको हो । भने चिकित्सकले नाम नबताउने शर्तमा मन्डालेमा मारिएका एक व्यक्तिको टाउकामा गोली लागेको जनाए । ती चिकित्सकका अनुसार सुरक्षाकर्मीले अश्रुग्यास, रबरको गोली प्रहार गरेका थिए। उक्त घटनामा कम्तीमा १० जना घाइते भएको समाचारमा उल्लेख छ ।
म्यानमारको सबैभन्दा ठूलो शहरको प्रदर्शन पनि निकै हिंसात्मक बनेपछि याङ्गुनमा बुधबार पनि प्रदर्शनहरु जारी छन् । म्यानमारमा दश वर्षसम्मको लोकतन्त्रको अनुभवपछि सेनाले पुनः सत्ता कब्जा गरेको हो।
सेनाले सत्ता कब्जा गरी नेतृ आङ सान सुचीलाई नजरबन्द गरेपछि फेब्रुअरी १ यता म्यानमारभित्र विषम परिस्थिति उत्पन्न भएको छ । सैनिकले सत्ता कब्जा गरेपछि आइतबार एकै दिन कम्तीमा १८ जनाको मृत्यु भएको थियो । देशका विभिन्न भागमा सुरक्षा सेनाले पत्रकारहरु र नागरिक समाजका व्यक्तिहरुलाई पनि धरपकड गरेको छ । यता आन्दोलन दबाउन उल्लेख्य मात्रामा सुरक्षाकर्मी परिचालन गरिएको र रबरको गोली र अश्रुग्यास प्रहार गरिएको छ।

फेसबुकबाट तपाईको प्रतिक्रिया