फरार ट्रक चालक प्रहरीको फन्दामा
१९ फाल्गुन २०७७, बुधबार १३:२७
काठमाडौं । एक जना पैदलयात्रीलाई ठक्कर दिएर फरार भएका ट्रक चालक प्रहरीको फन्दामा परेको छ ।
चितवनका जिल्ला प्रहरी कार्यालयले सो चालकलाई पक्राउ गरेको छ । फागुन ९ गते खैरहनी नगरपालिका १ स्थित सडकमा कालिका नगरपालिका ३ का कुल बहादुर मोक्तानलाई ट्रकले ठक्कर दिँदा घटनास्थलमै मृत्यु भएको थियो । प्रहरीले ति फरार भएको चालकलाई तीब्र खोजी गरेपछि गणेश तामाङ लाई प्रहरीले पक्राउ गरेको हो । ठक्कर दिने ट्रक ना ६ ख २९०९ नम्वरको चालक राप्ती नगरपालिका १ को उनलाई चितवन जिल्ला अदालतबाट ७ दिनको म्याद थप गरी अनुसन्धान गरिरहेको प्रहरीले बताए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया