जनार्दन शर्माको प्रस्ताव : सांसदहरू स्वतन्त्र ढंगले छलफलमा जुटौं – Nagarikabhiyan : National News

जनार्दन शर्माको प्रस्ताव : सांसदहरू स्वतन्त्र ढंगले छलफलमा जुटौं

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको स्यायी समिति सदस्य जनार्दन शर्मा‘प्रभाकर’ले पार्टी भित्र उत्पन्न भएको विवादको निरुपण गर्न संसदहरुले स्वतन्त्र रुपमा छलफल गर्नु पर्ने बताएका छन् । आज सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै शर्माले यस्तो बताएका हुन् ।

उनले अहिले नेकपा भित्र उत्पन्न विवादको कारण सृजना भएको समस्याहरुको जवाफ प्रतिनिधिसभाका सदस्यहरुले पनि दिन पर्ने अवश्यकता भएको कारण त्यसका लागि संसदहरुले स्वतन्त्र रुपमा छलफल गर्न पर्ने बताएका छन् । उनले भनेको छन्,‘जनमतको सम्मान र आफ्नो जनप्रतिनिधिको कर्तव्य समेत कसरी पूरा गर्ने भन्ने बारे स्वतन्त्र ढंगले छलफल गर्न आवश्यक भएको सन्दर्भमा सचिवालय सदस्यहरु बाहेकका सांसदहरूले एउटा छलफल गरि आवश्यक निष्कर्षका लागी पहल गर्ने कुराको महसुस गरि पार्टी,आन्दोलन र जनताको पक्षमा के गर्दा हुन्छ भन्ने बारे स्वतन्त्ररुपले छलफल गर्न माननीयहरुमा हार्दिक अपिल गर्दछु ।’

यसरी गरिने छलफल र बहस कुनै कुनै पक्ष विपक्षमा उभिएर भन्दापनि हाम्रो साझा सुझाव तयार गर्न अर्थमा हुने उनले बताए । उनले कुनै त्रास र प्रलोभनमा नपरी यस्तो छलफल गर्नु पर्ने बताएका छन् ।