सरकार र विप्लव समूहबीच बालुवाटारमा वार्ता सुरु – Nagarikabhiyan : National News

सरकार र विप्लव समूहबीच बालुवाटारमा वार्ता सुरु

काठमाडौं । सरकार र नेत्र विक्रम चन्द नेतृत्वको विप्लव समूहबीच औपचारिक रुपमा वार्ता सुरु भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा उच्च सुरक्षा सतर्कतासहित अहिले वार्ता भइरहेको स्रोतले जनाएको छ ।

मंगलबार वार्ता टोली सार्वजनिक गरेका दुवै पक्षबीच बिहानैदेखि अनौपचारिक छलफल पश्चात् वार्ता  सुरु भएको हो ।

वार्ताको लागि प्रकाण्ड नेतृत्वको नेकपाको टोली  मंगलबार काठमाडौं आइपुगेको थियो । सरकारी वार्ता टोलीमा संयोजक गृहमन्त्री रामवहादुर थापा बादल र प्रधानमन्त्रीका परराष्ट्र सल्लाहकार डा. राजन भट्टराई सदस्य छन् भने नेकपाका वार्ता टोलीमा संयोजक खड्गवहादुर विश्वकर्मा प्रकाण्ड  र उदय चलाउने  सदस्य छन् ।