बाल बिवाह विरुद्धको अभियान नगरको नीतिमा राख्ने – मेयर उदयकुमार बरबरिया यादव – Nagarikabhiyan : National News

बाल बिवाह विरुद्धको अभियान नगरको नीतिमा राख्ने – मेयर उदयकुमार बरबरिया यादव

काठमाडौ । धनुषाको सहिदनगर नगरपालिकामा आज भएको सेफ नेपालको आयोजनामा बाल विवाह र कानूनी पहिचान विषयक जनप्रतिनिधिसँग अन्तर संवाद कार्यक्रममा मेयर उदयकुमार बरबरियाले बाल बिवाह विरुद्धका अभियान नगरको नीति तथा कार्यक्रममा राख्ने बताउनुभएको छ ।

मेयर यादवले भने, “मुलुकको संविधान र कानून भन्दा माथि कोही पनि रह्नु हुँदैन, र समाज भित्र रहेका विकृति तथा प्रथाहरुलाई समाजबाट हटाउनु आजको आवश्यकता हो।” आगामी नीति तथा कार्यक्रम मार्फत बाल विवाहविरुद्धको नारा गुञ्जाउने मेयरले बताउनुभएको छ। साथै समाजिक संघ संस्था, स्थानीय बुद्धीजीवि, नागरिक समाज, युवा क्लव, महिला समुह र सुरक्षा निकायसँगको समन्वय र सहकार्यमा बाल बिवाह न्यूनिकरणमा लाग्ने जनाउनु भएको छ ।