महिला पक्राउ – Nagarikabhiyan : National News

महिला पक्राउ

राजविराज । सप्तरीको सीमावर्ती क्षेत्रमा सशस्त्र प्रहरीले स्रोत खुल्न नसकेको तीन लाख रुपैयाँसहित एकजना महिलालाई आज पक्राउ गरेको छ ।

बीओपी तिलाठीको टोलीले तिलाठी कोइलाडी गाउँपालिका–१ स्थित खाँडो खोला नजिकबाट ती महिलालाई उक्त रकमसहित पक्राउ गरेको सशस्त्र प्रहरी उपरीक्षक राजु श्रेष्ठले जानकारी दिनुभयो ।

पक्राउ पर्नेमा छिन्नमस्ता गाउँपालिका–१ निवासी ५५ वर्षीया गीता देवी महतो रहेको सशस्त्र प्रहरी उपरीक्षक श्रेष्ठले बताउनुभयो ,

शंकाको आधारमा चेकजाँच गर्दा उनको साथबाट स्रोत नखुलेको ३ लाख रुपैयाँ बरामद भएको र बरामद रकमसहित उनलाई भन्सार कार्यालयमा बुझाउने तयारी भइरहेको उहाँले बताउनुभयो ।

यसअघि पनि फागुन ११ मा यही ठाउँबाट सशस्त्र प्रहरीले स्रोत नखुलेको १० लाख रुपैयाँसहित दुई जना महिलालाई पक्राउ गरेको थियो ।