फागुन २३ गते संसद् बैठक, राष्ट्रपति भण्डारीले गरे आह्वान – Nagarikabhiyan : National News

फागुन २३ गते संसद् बैठक, राष्ट्रपति भण्डारीले गरे आह्वान

काठमाडौं ।  राष्ट्रपति विद्यादेवी भण्डारीले फागुन २३ गते आइतबार दिउँसो ४ बजे  संसद् बैठक  बस्ने गरी प्रतिनिधिसभाको अधिवेशन आह्वान  गर्नुभएको छ ।

शुक्रबार बसेको मन्त्रिपरिषद बैठकले संसद बैठक आह्वानका लागि सिफारिस गरेको थियो । सरकारले प्रतिनिधि सभा बैठक बोलाउन राष्ट्रपति समक्ष सिफारिस गरेको थियो । संसद अधिवेशन आह्वान भएसँगै प्रतिनिधिसभाबाट नयाँ सरकार गठनको पहल थालिने बताइएको छ । सर्वोच्च अदालतको फैसलापछि सरकारले फागुन २४ गतेसम्म संसद् अधिवेशन आह्वान गरिसक्नुपर्नेछ ।