नेकपाको प्रचण्ड-माधव समूहले तत्कालै स्थायी र केन्द्रीय कमिटीको बैठक निर्णय गर्न बोलाए  – Nagarikabhiyan : National News

नेकपाको प्रचण्ड-माधव समूहले तत्कालै स्थायी र केन्द्रीय कमिटीको बैठक निर्णय गर्न बोलाए 

काठमाडौं । प्रचण्ड-माधव समूह आज बसेको सचिवालय बैठकले पछिल्लो राजनीतिक घटना क्रमका बारेमा छलफल गर्न नेकपा का तत्कालै स्थायी कमिटी र केन्द्रीय कमिटीको बैठक बोलाउने निर्णय गर्ने जनाएका छन ।

आजको बैठकले पार्टीको आधिकारिकता सम्बन्धी पेस गरिएको दाबीबारे छिटोभन्दा छिटो निर्णय गर्न निर्वाचन आयोगलाई अनुरोध गरेको छ । बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले संसदीय दलको प्रमुख सचेतकबाट देवप्रसाद गुरुङलाई हटाएको विषयमा समेत छलफल भएको र त्यसको कुनै अर्थ र ‍औचित्य नरहेको निष्कर्ष निकालिएको प्रवक्ता नारायणकाजी श्रेष्ठले बताउनुभएको छ।