सप्तरीमा लाउडस्पिकर र डिजे साउण्ड बजाउन रोक
१३ फाल्गुन २०७७, बिहीबार ११:१३
राजविराज । अबदेखि रातिको समयमा लाउडस्पिकर र डिजे साउण्ड सिस्टम बजाउनमा रोक लगाउने निर्णय गरिएको छ ।
जिल्ला समन्वय समितिमा प्रमुख प्रभाकर यादवको अध्यक्षतामा बसेको बैठकले सप्तरीको राजविराजसहित जिल्लाको बिभिन्न गाउँ शहर तथा बजारहरुमा बिवाह,पार्टी आदीको बेला लाउडस्पिकर र डिजे साउण्डले अत्यधिक ध्वनी प्रदुषण भइरहेका कारण प्रदुषण नियन्त्रण गर्न सो निर्णय गरिएको छ ।
सवै स्थानीय तहका प्रमुख र सुरक्षा निकायका प्रमुखहरुको उपस्थितिमा आयोजना गरिएको बैठकबाट राति १० बजेदेखि विहान ५ बजेसम्म लाउड स्पिकर र डिजे बजाउन नपाउने सो निर्णय भएको हो ।
जिल्ला समन्वय समितिका प्रमुख यादवका अनुसार अन्य समयमा पनि नियन्त्रित रुपमा मात्रै लाउड स्पिकर र डिजे बजाउन पाउछ ।’ निर्णय नमान्नेलाई कानून बमोजिम कारवाही गर्ने गराउने समेत निर्णय भएको उहाँले जानकारी दिनुभयो ।
‘निर्णय पालना नगरेको पाइए कानून अनुसार कारवाही गर्ने गराउने पनि निर्णय भएको बताउदै ‘यद्यपी कुनै सांस्कृतिक रुपमा कुनै कार्यक्रम सञ्चालन गर्दा स्थानीय तहको स्वीकृति लिउनुपर्ने र सोबारे स्थानिय प्रशासनलाई समेत जानकारी गराउनुपर्ने बैठकबाट निर्णय भएको बताइएको छ ।
बढ्दो दुर्घटना नियन्त्रण गर्न पनि महत्वपूर्ण निर्णय समेत भएको छ । ‘बाटो–घाटो र सडकमा थुपारिएका निर्माण सामग्री र सवारी साधनको पार्किङ्ग व्यवस्थित गर्न स्थानीय तहले आवश्यक पहल गनुपर्ने समेत निर्णय भएको जनाइएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया