क्रान्तिकारीका नेता चन्द ३८ दिनपछि रिहा
१२ फाल्गुन २०७७, बुधबार ०९:५२
विप्लव नेतृत्वको सरकारद्धारा प्रतिवन्धित नेपाल कम्युनिस्ट पार्टीको भातृ संगठन अखिल (क्रान्तिकारी) केन्द्रिय नेता मदन चन्द ३८ दिन पछि अदालतको आदेशपछि रिहा भएका छन ।
संगठनको केन्द्रीय सदस्य तथा काठमाडौं र ललितपुर जिल्ला इन्चार्ज समेत रहेका चन्दलाई माघ ४ गते काठमाडौंको गोगंबुबाट प्रहरीले गिरफ्तार गरेको थियो । गिरफ्तार पछि हिरासतमा राखेर नेता चन्दलाई प्रहरीले अभद्र ब्यवहारको मुद्दा चलाएको थियो ।
चन्दलाई हिजो अदालतले दोस्रो पटक परेको बन्दिप्रत्यक्षिकरणको रिटमाथी सुनुवाइ गर्दै रिहा गर्न आदेश दिएको थियो । साथै उनलाई यो भन्दा पहिले रिहा गर्न आदेश दिए पनि प्रहरीले अदालत परिसरबाटै पुन गिरफ्तार गरेर मुद्धा चलाएको थियो ।
सरकारले प्रतिबन्ध लगाय पछि मात्र अखिल क्रान्तिकारी संगठनका दर्जनौं कार्यकर्तालाई सरकारले बिभिन्न मुद्धामा लगायर हिरासत तथा जेलमा राखेरको छ । तर केही केन्द्रिय नेता भने खुलेयाम घुम्ने डुल्ने र संगठन र संघर्ष भन्दा अर्थोपार्जन काम गरिरहेको अखिल क्रान्तिकारी भित्र व्यापक आलोचना हुने गरेको छ । त्यति मात्रै नभएर कतिपयले गिरफ्तार पछि प्रसासनमा लिखित आत्मासमर्पण गरे तुरुन्तै निस्केको भनी सिङ्गो पार्टी पंक्तिमा रिपोर्ट पुगेको आन्तरिक आत्माआलोचना सहित सचेत गराइएको अखिल क्रान्तिकारीका एक केन्द्रिय सचिवालय नेताले बताएकाछन ।राजनीति डट कममा

फेसबुकबाट तपाईको प्रतिक्रिया