‘क्वारेन्टाइनबाट भागेको होइन, रक्सी लिन गएका हुन्’ – Nagarikabhiyan : National News

‘क्वारेन्टाइनबाट भागेको होइन, रक्सी लिन गएका हुन्’

बुटवल । नवलपरासी ९पश्चिम० को रामग्राम नगरपालिकाको एक क्वारेन्टाइनबाट भागेका भनिएका व्यक्ति मदिरा लिन गएको खुलेको छ ।

रामग्राम नगरपालिकास्थित आदर्श माविको क्वारेन्टाइनमा बसेका दुईरतीन जना युवा बिहीबार साँझ क्वारेन्टाइनस्थलबाट भागेका थिए ।

रामग्राम नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख रामनरेश रायले ती युवा भागेको नभई बजारबाट मगाएको मदिरा लिन गएको बताए । उनीहरुले साथीमार्फत बजारबाट मदिरा मगाएका थिए ।

मदिरा लिएर फर्किँदा प्रहरीले देखेपछि भागेका रायले बताए । ‘साथीले मदिरा ल्याइदिएपछि बाहिर निस्किएको बेला सुरक्षाकर्मीले देखेपछि उनीहरु भागेका हुन्, क्वारेन्टाइनबाट भाग्न खोजेका होइनन्’ रामग्राम नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख रामनरेश रायले दावी गर्दै भने, ‘१८–१९ वर्षका दुईरतीन जनाले मदिरा मगाएर सेवन गरेको स्वीकार गरे, हामीले आइन्दा त्यसो नगर्न सम्झायौं ।’

क्वारेन्टाइनमा बसेका युवाहरुले कुन मदिरा कति परिमाणमा सेवन गरे भन्ने पत्ता नलागेको रायले बताए । उक्त क्वारेन्टाइनमा ४९ जना रहेका छन् ।