महासंघ पूर्व अध्यक्ष चौधरीलाई मातृशोक
११ फाल्गुन २०७७, मंगलवार १८:३१
राजविराज । नेपाल आदिबासी जनजाति महासंघ सप्तरीका पूर्व अध्यक्ष महेन्द्र प्रसाद चौधरीलाई मातृशोक परेको छ ।
चौधरीको ९८ वर्षीया आमा बचकुनदेवी चौधरीको सोमबार निधन भएको हो ।
१७ दिन अगाडी स्वास्थ्य अवस्था असहज भएपछि नोबेल अस्पताल बिराटनगर र विपि कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उचार गर्ने क्रममा आमाको निधन भएको पारिवारिक श्रोतले जनाएको छ ।
फोक्सोमा ट्युमर संगै क्यान्सरको आशंका देखिएको थियो । चौधरीको आमालाई सोमबार सप्तरी सुरुङ्गा नगरपालिका ११ स्थित पुख्र्यौली गाउँ रामपुरमा जातीय संस्कार अनुसार अन्त्यष्टी गरिएको छ ।
स्वर्गीय चौधरीको ३ भाइ छोरा र ४ बहिनी छोरी छ्न् । जेठो छोरा छन । चौधरी जनता समाजवादी पार्टी नेपालका केन्द्रिय सदस्य समेत हुन ।
यसैबीच चौधरीको आमाको निधन प्रति नेपाल आदिबासी जनजाति महासंघ सप्तरीले शोक व्यक्त गरेका छ्न ।
पुर्व अध्यक्ष चौधरीको आमाको निधन भएको खबरले अन्त्यतै दुखित र मर्माहत भएका छौ ।
महासंघ सप्तरी अध्यक्ष बृजमान तामाङद्वारा जारी शोक बक्तब्यमा भनिएको छ, स्वर्गीय आमाको आत्माको चिरशान्तीको कामाना गर्दछौं, हामी शोकको यस दुखद घडिमा शोकाकुल परिवारजन प्रती हार्दिक संवेदना प्रकट गर्दछौ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया