राष्ट्रिय परिचयपत्र बितरण कार्य सुरु – Nagarikabhiyan : National News

राष्ट्रिय परिचयपत्र बितरण कार्य सुरु

राजविराज । सप्तरीमा राष्ट्रिय परिचयपत्र बितरण कार्य सोमबारबाट सुरु भएको छ ।

जिल्ला प्रशासन कार्यालय मातहतको राष्ट्रिय परिचय पत्र व्यवस्थापन कक्षद्वारा आयोजित एक समहारोका बिच प्रमुख जिल्ला अधिकारी शंकरहरि आचार्यले पहिलो दिन १४ जनालाई राष्ट्रिय परिचय पत्र प्रदान गर्नुभयो ।

प्रजिअ आचार्यले सरकारी सेवालाई छिटो छरितो र प्रभावकारी बनाउने उद्देश्यले राष्ट्रिय परिचयपत्र योजना ल्याइएको भन्दै सप्तरीमा २०७६ साल असार १ गतेदेखी प्रारम्भ भएको जानकारी दिनुभयो ।

हरेक नेपालीको जैविक तथा बैयत्तिक विवरणलाई सुरक्षित रुपमा भण्डारण गर्ने उद्देश्यले नेपाल सरकारले सो कार्य सुरु गरेको हो ।

कोभिड १९ को जोखिमलाई ध्यानमा राख्दै २०७६ चैतदेखी २०७७ भदौंसम्म स्थगित भएको काम पुनः २०७७ असोजदेखी अघि बढाइएको उहाँले बताउनुभयो ।

जिल्लामा राष्ट्रिय परिचयपत्र अभियानका लागि २७ हजार ८ सय ६६ जनाको डाटा इन्ट्री भइसकेको जानकारी दिदै हाल परिचय पत्र बनाउने कामलाई तिब्र दिएको उहाँले बताउनुभयो ।

जिल्ला प्रशासन कार्यालयका अनुसार जिल्लाको बलानबिहुल गाउँपालिकाको सबै ६ वडामा १६ र बोदेबरसाइन नगरपालिकाको सबै १० वटा वडामा ३७ वटा राष्ट्रिय परिचयपत्र ब्यवस्थापन कक्षमा खटेको टोलीमार्फत नागरिकको विवरण संकलन र दर्ता कार्य भइरहेको जनाइएको छ ।