खाल्डोमा डुवेर बालकको मृत्यु – Nagarikabhiyan : National News

खाल्डोमा डुवेर बालकको मृत्यु

राजविराज । सप्तरीको हनुमाननगर कंकालिनि नगरपालिकास्थित भारदहमा आइतबार साँझ एक जना भारतीय बालकको पानी जमेको खाल्डोमा डुवेर मृत्यु भएको छ ।

मृत्यु हुनेमा भारतको जिल्ला सुपौल गिदरमारी ग्राम पञ्चायत गिदारमारी बस्ने बिनोद मेहताको अढाई बर्षको छोरा राजेश मेहता रहेको इलाका प्रहरी कार्यालय भारदहले जनाएको छ ।

आफ्नै मामाको बिहेमा आएको बेला घरमा कोही नभएको अवसथामा खेल्ने क्रममा घर पछाडी रहेको धाराको पानी जम्मने खाल्डोमा खसेर ति बालकको डुवेर मृत्यु भएको प्रहरी नायव उपरिक्षक भुवनेश्वर साहले जानकबारी दिनुभयो ।

मृत्क बालक हनुमाननगर कंकालनि नगरपालिका १ भारदह निवासी महेन्द्र मेहताको छोरी पट्टीको नाति रहेको प्रहरीले जनाएको छ ।

सुचना प्राप्त हुन साथ उक्त स्थानमा प्रहरी अधिकृतको कमाण्डमा प्रहरी टोली खटि गई लाशजाँच मुचुल्का कार्य सम्पन्न गरी परिक्षणका लागि गजेन्द्र नारायण सिंह सगरमाथा अस्पतालमा ल्याएको र थप अनुसन्धान कार्य भईरहेको जिल्लला प्रहरी कार्यालयले जनाएको छ ।