मुख्यमन्त्री शेरधन राईलाई ठुलाे झटका, बैठक राेक्न सभामुख द्वरा अस्वाकार ! – Nagarikabhiyan : National News

मुख्यमन्त्री शेरधन राईलाई ठुलाे झटका, बैठक राेक्न सभामुख द्वरा अस्वाकार !

विराटनगर । प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले आजको संसद् बैठक रोक्न सभामखु प्रदीपकुमार भण्डारीलाई दबाब दिएका छन्। आज बिहान भएको छलफलमा मुख्यमन्त्री राईले यस्तो दबाब दिएका हुन्। सभामुखले भने अस्वीकार गरेका छन्।

‘उहाँले सभामुखज्यूलाई सूचना टाँसेर आजको बैठक स्थगन गर्न आग्रह गर्नुभयो’, मुख्यमन्त्री निकट स्रोतले सेतोपाटीसँग भन्यो, ‘सभामुखले आज अविश्वास टेबल हुन्छ म रोक्न सक्दिनँ भन्नुभयो।’ मुख्यमन्त्री पक्षले प्रदेशसभा अवरोध गर्दै आएको छ। यसलाई विपक्षी दलहरुले सरकारको आयु लम्ब्याउने प्रयास भएको बताएका छन्।

आज दुई बजेका लागि प्रदेशसभाको बैठक आह्वान भएको छ। यसअघि माघ २५ को बैठकमा अविश्वास प्रस्ताव टेबल हुने कार्यसूची थियो। सरकारी पक्षका सांसदको अवरोध भएपछि सभामुखले १४ दिन संसद् स्थगन गरेका थिए। त्यसयता मुख्यमन्त्रीले अविश्वास प्रस्ताव खारेज गर्न सभामुखलाई दबाब दिनेदेखि नेकपाको प्रचण्ड नेपाल पक्षलाई प्रस्ताव फिर्ता लिन अनुनय गरेका थिए।