अष्ट्रेलियामा फेसबुकबाट समाचार हेर्न र शेयर गर्न रोक – Nagarikabhiyan : National News

अष्ट्रेलियामा फेसबुकबाट समाचार हेर्न र शेयर गर्न रोक

काठमाडौं । अष्ट्रेलिया सरकारले फेसबुकमा समाचार हेर्न तथा शेयर गर्न रोक लगाएको छ । यसबाट महत्पूर्ण सूचनामा आम मानिसको पहुँच कम हुने खतरा बढेको छ ।

फेसबुकमा समाचारका लिंकहरु सेयर गर्न र हेर्न प्रतिबन्ध लगाएपछि अष्ट्रेलियाका पाठकहरुले आज बिहीवार बिहानदेखि फेसबुकमा कुनै पनि समाचारहरु हेर्न नपाएको बीबीसीले जनाएको छ ।

अष्ट्रेलियाको मिडिया कानूनलाई लिएर फेसबुक सरकारसँग विवादमा छ । अष्ट्रेलियामा फेसबुकले पनि आफ्नो पेज बन्द गरेको छ। फेसबुकको यो कदमले अष्ट्रेलियामा आपतकालीन सेवाहरू ९स्वास्थ्य र मौसम० लाई पनि असर गरेको छ।

फेसबुकले मिडिया कानूनको विरोधमा यो कदम चालेको हो । अस्ट्रेलियाको कानून अनुसार फेसबुक र गुगलजस्ता प्रविधिसँग जोडिएका कम्पनीले समाचार देखाउन सरकारलाई कर तिर्नुपर्ने हुन्छ । प्रतिबन्ध पछि अस्ट्रेलियामा कोरोना भाइरस र मौसम सम्बन्धी जानकारी दिने समाचार पेजहरू पनि बन्द भएका छन् ।