पीसीआर परीक्षणको दायरा तत्काल बढाउनू सरकारलाई सर्वोच्चको आदेश – Nagarikabhiyan : National News

पीसीआर परीक्षणको दायरा तत्काल बढाउनू सरकारलाई सर्वोच्चको आदेश

काठमाडौं । सर्वोच्च अदालतले सरकारलाई पीसीआर परीक्षणको दायरा बढाउन आदेश दिएको छ ।अधिवक्ता कमलबहादुर खत्रीसहितले दायर गरेको रिट निवेदनमाथि आज सुनुवाइ गर्दै न्यायाधीश मनोजकुमार शर्माको एकल इजलाशले पीसीआरको दायरा बढाउन आदेश दिएको हो।

अधिवक्ता कमलबहादुर खत्रीले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयसहितलाई विपक्षी बनाई रिट दायर गरेका थिए ।

यदि सर्वसाधारणले कोरोना भाइरससँग सम्बन्धित रिट लिएर गएका निवेदकले अन्तरिम आदेशको माग गरे पनि अदालतले विपक्षीलाई १५ दिनभित्र लिखित जवाफ सहित उपस्थित हुनुपर्ने प्रावधान रहेको छ ।