पुर्व सुभापति झाको निधन – Nagarikabhiyan : National News

पुर्व सुभापति झाको निधन

राजविराज । जिल्ला पन्चायत सप्तरीका पुर्व सभापति सुरेन्द्र झाको आज असमाहिक निधन भएको छ  ।

साविकको मधवापुर गाविस वडा नं. ५, हाल हनुमाननगर कंकालिनी नगरपालिका वडा नं. ४ निवासी पूर्वसभापति झाको ८५ बर्षको उमेर  निधन भएको स्थानिय प्रभाशचन्द्र झाले जानकारी दिनुभयो ।

केही दिनयता उहाँ बिरामी पर्नुभएको थियो । उहाँको आफ्नै निवासमा निधन भएको छ । उहाँले विभिन्न संघसंस्थामा आवद्ध भई समाजसेवा गर्दै आएका थिए ।

जसपाका केन्द्री सदस्य समेत रहेका पन्चायतका पुर्व  सभापति झाको निधनले एउटा कुसल अभिभावक गुमाएको बताइएको छ ।

यस्तै स्थानियवासी एवं काँग्रेसका पुराना नेता नागेन्द्र झाले अत्यन्तै सरल, राम्रा ब्यवहारका व्यक्तिको निधनले ठूलो क्षति भएको बताउनुभयो ।

त्यस्तै जिल्ला समन्वय समितिका अध्यक्ष प्रभाक यादवले पुर्व सभापति झाको निधन प्रति दुख ब्यक्त गर्दै दिग्वत आत्माको चिर शान्तिको कामना गर्नुभएको छ ।

अध्यक्ष यादवले आज जारी गर्नुभएको प्रेस बिज्ञाप्तीमा स्वर्ग झा प्रति जिल्ला समन्वय समिति परिवार भावपुर्ण श्रद्धान्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनमा हार्दिक सबेदना ब्यक्त गर्नुभयो ।

यसैबिच घरमा परम्परागत संस्कार सकेपछि शवयात्रा गरि अन्त्येष्टि गरिने कार्यक्रम तय भएको स्व. झाका जेठा छोरा राकेश झाले बताउनुभयो । स्वर्ग झाको दुई छोरा रहेका छन ।