रामकुमारी झाँक्री रिहा भइन्
२९ माघ २०७७, बिहीबार १८:५७
काठमाण्डौ । नेकपाको प्रचण्ड–नेपाल समूहकी नेतृ रामकुमारी झाँक्रीलाई प्रहरीले रिहा गरेको छ ।
महानगरीय प्रहरी अनुसन्धान महाशाखाले नेतृ झाँक्रीलाई बिहीवार साँझ रिहाइ गरेको हो । महाशाखाका प्रमुख एसएसपी दीपक थापाले उनलाई उनका श्रीमानको जिम्मामा रिहा गरिएको बताए ।
राष्ट्रपतिबारे अभिव्यक्ति दिएकी उनलाई राज्यविरुद्धको अपराध गरेको कसुरमा अनुसन्धान गर्न भन्दै प्रहरीले उनलाई दिउँसो शंखमुलस्थित उनकै निवासबाट पक्राउ गरेको थियो ।
उनको पक्राउपछि सरकारको चौतर्फी विरोध तथा प्रदर्शन भएको थियो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया