झाँक्री पक्राउबारे गगन थापाले मुख खोले : प्रश्न गर्नेलाई झ्यालखानामा राखेर तर्साउन खोज्ने ?
२९ माघ २०७७, बिहीबार १३:४७
काठमाडौँ । नेकपा पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपाल समूहकी केन्द्रीय समस्य तथा नेतृ रामकुमारी झाँक्रीलाई प्रहरीले पक्राउ परेकी छिन् । उनलाई पक्राउ गरिएकोमा चौतर्फी विरोध तथा आलोचना भैरहेको छ । उता, प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका नेताहरुले समेत झाँक्री पक्राउको विरोध गरेका छन् ।
राष्ट्रपतिलाई मानमर्दन गरेको आरोपमा नेकपा दाहाल–नेपाल समूहकी नेत्री रामकुमारी झाँक्रीलाई प्रहरीले प्रकाउ गरेलगत्तै थापाले समाजिक सञ्जाल ट्वीटरमा लेख्नुभएको छ – कर्तव्य निर्वाह गर्न छोडेर, असंवैधानिक र अलोकतान्त्रिक कार्य गर्ने अनि त्यसमा प्रश्न गर्नेलाई झ्यालखानामा राखेर तर्साउन खोज्ने ? उहिले महाराजा अहिले राष्ट्रपति! सरकार झ्यालखानाको संख्या थप,किनकि सत्य को पक्षमा बोल्ने मुख तिमिले देखाएको त्रासले बन्द हुँदैन।”


फेसबुकबाट तपाईको प्रतिक्रिया