मालपोत कार्यालयको काम स्थागित
२८ माघ २०७७, बुधबार २०:२४
राजविराज । काम गर्ने वतावरण असहज भएको भन्दै राजविराजस्थित भुमिसुधार तथा मालपोत कार्यालय आज देखि अनिश्चितकालको लागि कामकाज स्थगित गरिएको छ ।
कार्यालयका निमित कार्यालय प्रमुख प्रमोद कुमार यादवका अनुसार यस कार्यालयमा दरबन्दी अनुसारको कर्मचारी नभएका कारण दैनिक जसोधैरे भिड हुने र कामकाजको लागि होहाला हुने गरेकोले तत्काल अनिश्चिितकालको लागि कार्यालयको कामकाज स्थागित गर्नुपरेको बताउनुभयो ।
काम काज ढिलो हुन थालेपछि सर्वसाधारणले विवाद उत्पन्न गरेपछि आजदेखि अनिश्चित कालीन भुमिसुधार तथा मालपोत कार्यालय बन्द गरिएको बताउदै सहज बातावरण भएमात्र कार्यालयको कामकाज पुनः सुचारु हुने आज भुमिसुधार तथा मालपोत कार्यालयले जारि गरिएको सुचनामा उल्लेख गरिएको छ ।
दरवन्दी अनुसार कर्मचारी नभएको र
आज सर्वसाधारणले काममा ढिला भएको भन्दै कर्मचारी संग विवाद गरेपछि कार्यालयको कामकाज स्थागित गरिएको मालपोत कार्यालयले जनाएको छ । उक्त विवादमा ५ जना ब्यक्तिलाई प्रहरीले नियन्त्रमा लिएर अनुसन्धान थालिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
कामको चाप अय्ताधिक भई कार्यालयमा काम काज असहज बातावरण सिर्जना भएकोले कार्यालयमा काम गर्ने सहज बातावरण श्रृजना नभए सम्म तथा अर्को सूचना प्रकाशित न भएसम्मका लागि काम काज स्थगित रहने मालपोतले जनाएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया