प्रचण्ड–नेपाल समूहकी नेतृ झाँक्रीलाई पक्राउ गर्ने तयारी – Nagarikabhiyan : National News

प्रचण्ड–नेपाल समूहकी नेतृ झाँक्रीलाई पक्राउ गर्ने तयारी

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड–नेपाल समूहकी नेतृ तथा केन्द्रीय सदस्य रामकुमारी झाँक्रीलाई पक्राउ गर्ने तयारी राजधानीको प्रहरीले गरेको छ । सरकारी निर्देशनपछि प्रहरीले झाँक्रीमाथि निगरानी बढाएको र केही दिनमै पक्राउ गरिने बताएको छ ।

प्रतिनिधि सभा विघटनको विरोधमा आयोजित एक कार्यक्रममा नेतृ झाँक्रीले राष्ट्रपति विद्यादेवी भण्डारीलाई लक्षित गरेर विवादास्पद अभिव्यक्ति दिएकी थिइन् । राष्ट्रपतिलाई गालीगलौज गरेको अभियोगमा पक्राउ गर्न गृह मन्त्रालयको निर्देशन भएपछि महानगरीय अपराध महाशाखाले झाँक्रीलाई निगरानी गरिरहेको हो ।

‘भाषणहरूमा गालीगलौज गरेको आरोपमा पक्राउ गर्नका लागि निर्देशन आएको छ, हामीले खोजतलास गरिरहेका छौं,’ महाशाखाका एक प्रहरी अधिकृतले भने, ‘नेतृ झाँक्री अहिले उपत्यकाबाहिर हुनुहुन्छ । २८ गते आउने सुनिएको छ, आउनासाथ पक्राउ गर्ने योजना छ ।’

गत बुधबार नेकपा ओली समूहको अखिल नेपाल महिला संघ (अनेमसंघ)ले नेतृ झाँक्रीलाई कारबाही गर्न माग गर्दै गृहमन्त्री रामबहादुर थापा ‘बादल’लाई ज्ञापनपत्र बुझाएको थियो ।

गोरखामा आयोजित एक कार्यक्रममा झाँक्रीले भनेकी थिइन्, ‘राष्ट्रपतिका कुरा त के गर्नु रु म बडामहारानीलाई गोरखाबाटै सन्देश दिन चाहन्छु – निर्वाचनको तयारीका लागि सुखसुविधा ऐश–आराम छाडेर शितलनिवास छाडेर पहिला कोटेश्वरमा आउनुस्, चाबहिल कि कता बानेश्वरतिर बसाइ छ भन्ने सुन्या छु, होइन भने बालकोटै गए पनि हुन्छ । नेपालको कुन जिल्लाबाट चुनाव लड्ने हो रु त्यसको तयारी गरेर सन्देश पठाउनुस्, तपाईंसँग म पनि भारी हुन्छु ।