निर्वाचन आयोगमा प्रधानमन्त्री ओली : निर्वाचन तयारी सन्तोषजनक, प्रधानमन्त्रीले दिए धन्यवाद
२७ माघ २०७७, मंगलवार १३:३४
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली निर्वाचन आयोग पुगेर फर्किएका छन् ।
निर्वाचन आयोगको तयारीबारेमा जानकारी लिएर प्रधानमन्त्री ओली फर्किएका हुन् ।
आगामी वैशाख १७ र २७ गते हुने मध्यावधि निर्वाचनको तयारीका विषयमा निर्वाचन आयोगका प्रमुख आयुक्त लगायतसित जानकारी लिएर फर्किएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए ।
प्रधानमन्त्री ओलीले पुस ५ मा प्रतिनिधि सभा विघटन गरेपछि नेकपा दुई समूहमा बाँडिएको छ। ओली र प्रचण्ड–नेपाल गरी दुई भिन्न समूह क्रियाशील छन्। उनीहरूले आफ्नो समूह नै आधिकारिक नेकपा भएको दाबी गरिरहेका छन्। आयोगले कुनै पनि समूहलाई नेकपाको आधिकारिकता दिएको छैन ।
सोमबारको मन्त्रिपरिषद् बैठकले गरेको निर्णयबारे जानकारी गराउन पनि प्रधानमन्त्री ओली आयोग पुगेको बताइएको छ । मन्त्रिपरिषदले सोमबार वैशाख १७ गते ४० र वैशाख २७ गते ३७ जिल्लामा निर्वाचन गर्ने निर्णय गरेको थियो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया