सरकारका नाममा सर्वाेच्चको अन्तरिम आदेश जारी – Nagarikabhiyan : National News

सरकारका नाममा सर्वाेच्चको अन्तरिम आदेश जारी

काठमाडौँ । सर्वोच्च अदालतले एनसेलको कर विवादमा तत्काल कर असुल नगर्न सरकारका नाममा अन्तरिम आदेश जारी गरेको छ । न्यायाधीश प्रकाशकुमार ढुंगानाको इजलासले तत्काल कर विवादका विषयमा असुलउपरको प्रक्रिया अघि नबढाउन आदेश गरेको हो ।

आफूलाई कर निर्धारण गरिएको भनी एनसेल सर्वोच्च अदालतमा रिट निवेदन दायर गरेको थियो । त्यसको आइतबार भएको प्रारम्भिक सुनुवाइमा इजलासले तत्काल कर असुल नगर्न सरकारलाई आदेश गरेको सर्वाेच्च अदालतले जनाएको छ ।