रामकुमारी झाक्रीले प्रधानमन्त्री ओलीलाई लगाइन् संवेदनशिल आरोप – Nagarikabhiyan : National News

रामकुमारी झाक्रीले प्रधानमन्त्री ओलीलाई लगाइन् संवेदनशिल आरोप

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को विभाजित प्रचण्ड नेपाल समुहकी नेतृ रामकुमारी झाक्रीले प्रधानमन्त्री केपी शर्मा ओलीलाई गलत बाटोमा हिँडेको आरोप लगाएकी छन् ।

शनिबार दमौलीमा आयोजित एक कार्यक्रममा नेतृ झाक्रीले संसद विघटन गरेर प्रधानमन्त्री केपी शर्मा ओली उल्टो बाटोमा हिँडेको आरोप लगाएकी हुन्।

दाहाल–नेपाल समूहकी नेतृ  पार्टीका कार्यकर्ता सदैव सत्यको पक्षमा उभिनुपर्ने बताएकी छन्। उनले लोकतन्त्रको रक्षा र संबिधानलाई ट्रयाकमा ल्याउन, संसद पुनः स्थापनाको लागि छोटो तर अर्थपूर्ण आन्दोलन आवश्यक रहेको बताइन् ।