ओलीपक्षमा सर्वाेच्चमा घन्कियो तर्क, संसद विघटन सुनिश्चित ? – Nagarikabhiyan : National News

ओलीपक्षमा सर्वाेच्चमा घन्कियो तर्क, संसद विघटन सुनिश्चित ?

काठमाडौं। प्रतिनिधिसभा विघटनविरुद्धको मुद्दामा सर्वाेच्च अदालतमा अठारौँ बहस जारी छ । सरकारका तर्फबाट आज सहन्यायाधिवक्ताहरु सञ्जीवराज रेग्मी, लोकनाथ  पराजुली र खेमराज ज्ञवालीले बहस गरे ।

बहसका क्रममा प्रधानमन्त्री केपी शर्मा ओलीपक्षले संसद विघटन पाउने भएको कुरामाथि तर्क गरिएका छन् । सहन्यायाधिवक्ता रेग्मीले प्रतिनिधिसभा विघटन गर्ने अन्तनिर्हित अधिकार प्रधानमन्त्रीलाई भएको तर्क राखे ।

“अप्ठ्यारो अवस्थामा आएर राजनीतिक कारणले विघटन भएको हुनाले अदाललते निर्णय गर्न सक्दैन” उनले थपे “बाध्यता र आवश्यकताको सिद्धान्तअनुसार विभिन्न आधारमा प्रधानमन्त्रीलाई विघटनका लागि सिफारिस गर्न अन्र्तनिहित अधिकार हुन्छ ।”

जनताबाट निर्वाचित भएर आएपछि काम गर्न नपाउँदा निर्वाचनमा जानका लागि प्रतिनिधिसभा विघटन गर्ने निर्णयलाई गलत भन्न नमिल्ने धारणा राख्दै उनले भने, “बेलायत र भारतमा पनि प्रतिनिधिसभा विघटन भएको र अदालतले कार्यपालिकाको निर्णय बदर नगरेको इतिहास छ ।”

नेपालको संविधानको धारा ७६९१० र ७४ अनुसार प्रधानमन्त्रीलाई प्रतिनिधिसभा विघटनका लागि सिफारिस गर्न सक्ने व्यवस्था भएको अन्य मुलुकमा पनि यस्ता अभ्यासहरु भएको उल्लेख गर्दै उनले थपे, “संविधानको धारामा ठ्याक्कै नलेखिएको भए पनि प्रधानमन्त्रीलाई प्रतिनिधिसभा विघटन गर्ने अधिकार हुन्छ, विघटन गर्न हुँदैन भनेर कहीँ पनि लेखिएको छैन ।”