नाक काटिनेगरी उनकै सामु कार्यकर्ताले नारा लगाएपछि ‘पम्फासँग मिलेर धन्न रोके प्रचण्डले’
२२ माघ २०७७, बिहीबार १४:५६
काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी नेकपाको प्रचण्ड नेपाल समुहले आज देशभर बन्द हड्ताल गरेको छ । यस्तोमा पुष्पकमल दाहाल प्रचण्ड आफै पनि सडकमा आएका छन् ।
तर, प्रदर्शनका क्रममा प्रचण्ड समुहका कार्यकर्ताहरुले प्रचण्डलाई नै गाह्रो पर्ने गरी नारा लगाएका छन् । प्रदर्शनका क्रममा पुल्चोक पुगेका प्रचण्डले त्यहाँ नारबाजी गर्दा उनका कार्यकर्ताले अमेरिकी परियोजना एमसिसीविरूद्ध नारा लगाएका हुन्।
तर प्रचण्डले तत्कालै त्यो नारा रोक्न लगाएका थिए । कार्यकर्ताले ‘एमसिसी चाहिँदैन’ भन्दै गर्दा प्रचण्डले हातले संकेत गरेर नारा नलगाउन भने।
त्यसपछि उनले छेउमै रहेकी नेकपा स्थायी कमिटी सदस्य पम्फा भुसाललाई नारा रोक्न समेत भनेका थिए। लगत्तै एमसिसीविरूद्ध नारा लाग्न छोडेको थियो।
पछि प्रचण्डले प्रधानमन्त्री केपी शर्मा ओलीको कदमविरुद्ध मात्रै नारा लगाउन दिर्नेशन दिएका थिए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया