प्रहरी र प्रदर्शनकारीबीचको झडपमा पूर्वमन्त्री झा घाइते
२२ माघ २०७७, बिहीबार १४:२७
जनकपुर । नेकपा प्रचण्ड–माधव पक्षले आह्वान गरेको आम हड्तालका क्रममा जनकपुरमा प्रहरी र प्रदर्शनकारीबीच झडप भएको छ ।प्रदर्शनका क्रममा जनकपुरको शिव चोकमा प्रहरी र आन्दोलनकारीबीच झडप भएको हो । झडपका क्रममा दाहाल-नेकपा पक्षका केन्द्रीय सदस्य रामचन्द्र झा घाइते भएका छन् । नेता झाको टाउकोमा चोट लागेको छ ।
पूर्वमन्त्री समेत रहेका नेता झाको टाउकोमा चोट लागेपछि उपचारका लागि प्रादेशिक अस्पताल जनकपुर लगिएको छ । प्रहरीले लाठीचार्ज गर्नुका साथै १ दर्जन राउण्ड हवाइ फायर गरेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ । प्रहरीले ९ जना बन्दकर्तालाई पक्राउ गरेको जनाएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया