गाउँपालिका अध्यक्ष बिक्रम चौधरिले कमिसन र भ्रष्टाचारमा लिप्त रहेको विद्यार्थीहरुको गम्भीर आरोप – Nagarikabhiyan : National News

गाउँपालिका अध्यक्ष बिक्रम चौधरिले कमिसन र भ्रष्टाचारमा लिप्त रहेको विद्यार्थीहरुको गम्भीर आरोप

महोत्तरी । महोत्तरीको पिपरा गाउँपालिका वडा ३  स्थित रामनारायण अयोध्या माध्यमिक विद्यालयका विद्यार्थीहरुले बुधबार पिपराचोकमा चक्काजाम गरेर प्रदर्शन गरेका हुन् ।

पिपरा गाउँ पालिकाका प्रमुख बिक्रम चौधरीले विद्यालयमा कुनै चासो नराखेको मात्र कमिसन र भ्रष्टाचारमा लिप्त रहेको विद्यार्थीहरुले गम्भीर आरोप लगाउनुभएको छ ।
तीन महिना अघि एक कार्यक्रममा प्रमुख बिक्रम चौधरीले घोषना गरेको कामकाज शिक्षामा लागु अहिलेसम्म नभएको  छ । अध्यक्ष चौधरि मात्रै भाषणमा शिमित रहेको विद्यार्थीहरुले आरोप लगाए ।

पिपरा गाउँपालिकामा पर्ने रामनारायण अयोध्या माध्यमिक विद्यालयमा शौचालयमा ढोका नभएको कारणले  छात्राहरूलाई समेत समस्या भएको उनिहरुले बताए ।

विद्यार्थीहरुको भनाइ अनुसार कक्षा कोठामा ढोका, झयाल, समेत नरहेको र अध्यक्ष चौधरिले दावि गर्दा आइ रहेको तर विद्यालयमा कतै विकास भएको छ‌ैनन ।

विद्यालयमा जताततै फोहर  र खाल्डा रहेको तापनि  सरसफाइ नभएको कारण र  विद्यार्थीहरुलाई पठनपाठनमा समस्या भएको छ  । रामनारायण अयोध्या माध्यमिक विद्यालयका प्रधानाध्यापक मनोज ठाकुरलाई विद्यार्थीहरुले गुनासो गर्दा कुटपिट र धम्क्याउने प्रयास समेत गरेको आरोप लगाए ।
विद्यालयमा नियमित पठनपाठन नभएको भन्दै विद्यार्थीहरुले विरोध प्रदर्शन गरेका बताए ।
उनीहरुले विद्यालयमा नियमित रुपमा पठनपाठन हुनुपर्ने माग गरेका छन् ।

उनीहरु मात्र कमिसन र भ्रष्टाचारमा लिप्त छन् । यस्तोमा हाम्रो भविष्य अन्धकारमा धकेलिने खतरा रहेको  प्रदर्शनमा सहभागी भएका विद्यार्थीले दुख प्रकट गर्नुभयो ।

गाउँपालिका प्रमुखले शिक्षामा कुनै किसिमको ठोस कार्यक्रम लागू नगरेकोले आफुहरुलाई बाध्यतावस आन्दोलन गर्नुपरेको विद्यार्थीहरुले जानकारी दिनुभयो  ।

विरोध प्रदर्शनमा कक्षा ९ र १० मा अध्ययनरत दर्जनौं छात्र छात्राहरुको सहभागीता रहेको थियो ।
प्रधानाध्यापक मनोज ठाकुर, गाउँपालिकाका अध्यक्ष बिक्रम चौधरी, उपाध्यक्ष ननु कुमारी दास, शिक्षा शाखाका दुखरन चौधरीलगायत विद्यालय व्यवस्थापन समितिले समेत विद्यार्थीको पठनपाठनमा कुनै ध्यान दिईरहेका छैनन् ।
यसतर्फ कसैको चासो नरहेको सबै भ्रष्टाचारमा लिप्त रहेको जिकिर गरेको छन ।