प्रदेशसभाको तेस्रो वार्षिकोत्सव कार्यक्रम ओली समूहद्वारा बहिष्कार – Nagarikabhiyan : National News

प्रदेशसभाको तेस्रो वार्षिकोत्सव कार्यक्रम ओली समूहद्वारा बहिष्कार

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) विभाजनको असर प्रदेश २ को प्रदेशसभामा प्रष्ट देखिएको छ । नेकपा राजनीतिकरुपमा विभाजित बनेपछि प्रदेश २ का संसदीय दलका नेता सत्यनारायण मण्डल हटाएर सत्रुध्न महतोलाई प्रचण्ड–नेपाल समूहले चयन गरेको थियो ।

सोहीअनुसार प्रदेशसभाको वार्षिकोत्सव कार्यक्रममा संसदीय दलको नेताको हैसियतमा आसन ग्रहण गराइएपछि ओली समूहले कार्यक्रम बहिस्कार गरेको छ ।

प्रदेशसभाद्वारा आयोजित तेश्रो वार्षिकोत्सव कार्यक्रम बाहिष्कार गरेका ओली समूहका प्रदेशसभा सदस्य रामचन्द्र मण्डलले सत्यनारायण नै आधिकारिक संसदीय दलको नेता रहेको दावी गर्दै कार्यक्रममा महतोलाई दिएको मान्यताप्रति आक्रोश पोखे ।

उनले प्रदेशसभाले नियोजित ढंगबाट नेकपा फुट नुहँदै षड्यन्त्र गरेको आरोप पनि लगाए ।