ओलीमाथि प्रचण्डको १९ पृष्ठे अस्त्र, नेकपाकाे बिशेष शक्ति काे ? – Nagarikabhiyan : National News

ओलीमाथि प्रचण्डको १९ पृष्ठे अस्त्र, नेकपाकाे बिशेष शक्ति काे ?

काठमाडौं। नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को प्रचण्ड–नेपाल समुहले प्रधानमन्त्री केपी शर्मा ओलीलाई उछिन्दै आफ्नो पक्षमा सुर्य चिन्ह पार्ने अन्तिम प्रयास गरेको छ ।

प्रचण्ड समुहले निर्वाचन आयोगमा पार्टीको आधिकारिकता दावी गर्दै मंगलबार १९ पृष्ठ लामो पत्र पठाएको हो ।

पत्रमा निर्वाचन आयोगले पार्टीको प्रथम अध्यक्ष को र द्वितीय अध्यक्ष को भनेर तोक्न नसक्ने दावी गर्दै पार्टीका कमिटीहरुले विधानअनुसार गरेका निर्णय र संविधान तथा प्रचलित कानुनमा टेकेर फैसला गर्नुपर्ने उल्लेख गरिएको छ ।

प्रचण्ड–माधव पक्षले प्रधानमन्त्री तथा पार्टीका तत्कालीन अध्यक्षलाई कारवाही गर्नुपर्नाको आठ बुँदे कारणसमेत खुलाएको छ । यसमाथि अब आयोगले के निर्णय गर्छ हेर्न बाँकी छ ।

सुर्य चिन्ह पाउने नै बिशेष शक्तिशाली नेकपा बन्ने देखिएकाे छ । तर, कुनपक्षले पाउँछ भन्ने स्पष्ट भइसकेकाे छैन् ।