विप्लव ‘छुने’ प्रचण्ड समुहको लज्जास्पद हर्कत, ठेली नै सार्वजनीक भएपछि खुल्यो पोल !
२० माघ २०७७, मंगलवार १९:२०
काठमाडौं । विभाजित नेपाल कम्युनिस्ट पार्टी नेकपाको प्रचण्डनेपाल समुहले देशभर प्रदर्शन गर्नका लागि अनेकौं रणनीतिहरु चालिरहेको छ । पछिल्लो पटक माघ २८ मा प्रचण्डसमुहले प्रदर्शन कार्यक्रम घोषणा गरेको छ ।
प्रदर्शनका लागि ठुलो संख्यामा काठमाडौं बाहिरबाट मान्छे ल्याउन अभियान चलाएसँगै प्रचण्डसमुहले विभिन्न जिल्लाहरुमा खर्चको समेत जोहो गर्न थालेको खुलेको छ।
प्रचण्डसमुहले प्रदेश २ मा चन्दा अभियान नै चलाएको हो। पार्टीको नाममा चन्दा रसिद बनाएर कुपन नै बनाइएको छ । जसमा नेताहरुको हस्ताक्षर रहेको छ ।
नेकपा विभाजित भई निर्वाचन आयोगमा विषय विचाराधीन हुँदा बैंक खातालगायत आर्थिक गतिविधिहरु रोकिएको छ । यस्तोमा प्रचण्ड समुहले चन्दा उठाएको हो ।
चन्दा उठाएको आरोप लाग्दै आएको प्रतिबन्धित विप्लव समुहको झैं गतिविधि भन्दै कतिपयँले प्रचण्डसमुहको यो कदमको आलोचना गरिरहेका छन् ।
तर, प्रदेश २ लगायत विभिन्न क्षेत्रमा चन्दा नै उठाउने क्रम चलेको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया