महामारीका बेला भारतले नेपाललाई पहिला भन्दा बढाएर वार्षिक १६ अर्ब दिने घोषणा, यस्तो छ प्रतिबद्धता!
१९ माघ २०७७, सोमबार २०:१३
काठमाडौं। यतिबेला विश्वभर कोरोना भाइरसको माहामारी चलिरहेको छ । माहामारीले आर्थिक गतिविधिहरु ठप्परहेका बेला भारतले नेपाललाई दिने अनुदान बढाएको छ ।
सन् २०२१/२२ का लागि भारतले नेपाललाई १५ अर्ब ८७ करोड नेपाली रुपैयाँ अनुदान दिने भएको हो । गत वर्षको अनुदानमा १ अर्ब ८९ करोड रुपैयाँ थप गर्दै भारतले यो वर्ष दिने अनुदान बढाएको हो ।
सोमबार वित्त मन्त्री निर्मला सीतारमणले नेपाललाई अनुदान दिन विनियोजित ९ अर्ब ९२ करोड भारतीय रुपैयाँ सार्वजनीक गरेकी हुन् ।
स्वास्थ्य क्षेत्रलाई उच्च प्राथमिकतामा राख्दै सार्वजनीक बजेट अप्रिलबाट लागु हुने छ । भारतले नेपाललाई यसअघि १० लाख मात्रा कोरोना खोप अनुदानमा दिइसकेको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया