ईश्वर पोखरेल चढेको गाडी नुवाकोटमा तोडफोड
१९ माघ २०७७, सोमबार ११:५१
काठमाडौं । नेकपा ओली समूहका नेता तथा उपप्रधानमन्त्री ईश्वर पोखरेल चढेको गाडी नुवाकोटमा तोडफोड भएको छ । प्रचण्ड–नेपाल समुहका कार्यकर्ताले कालो झण्डा देखाउने क्रममा पोखरेलको गाडी तोडफोड गरेका हुन् ।
उपप्रधानमन्त्री ईश्वर पोखरेल कार्यक्रमको लागि गएका बेला उनीमाथि प्रचण्ड समूहले आक्रमण गरेपछि झडप भएको हो । उपप्रधानमन्त्री ईश्वर पोखरेलको गाडी तोडफोड गरिएको बताइएको छ । यद्यपि पोखरेललाई कुनै चोट लागेको भन्ने जानकारी छैन । प्रहरीले स्थिति नियन्त्रणमा लिने प्रयास गरिरहेको छ । घटनाबारे विस्तृत जानकारी आउन बाँकी छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया