९ भन्दा बढीदेशलाई करोडौं खोप दियो भारतले, विश्वभर मोदी सरकारको चर्चा
१८ माघ २०७७, आईतवार २१:३०
काठमाडौं । कोरोना भाइरसको माहामारी बेला खोपका लागि विश्वका धनी मूलूकहरु विभिन्न रणनीति अपनाइरहेको छन् । तर उदारनीतिको प्रजातन्त्र भारतले भने ९ वटा छिमेकीहरुलाई करोडौं मात्रा खोप निशुल्क उपलब्ध गराएको छ ।
यस्तोमा अहिले भारतीय प्रधानमन्त्री नरेन्द मोदी सरकरको चर्चा भइरहेको छ । यसबीच विश्व स्वास्थ्य संगठनले समेत कोरोना भाइरसविरुद्धको खोपका लागि भारतमाथि आसा राखेको छ ।
भारतमा जनवरी १६ बाट खोप अभियान सुरु भएको थियो । अहिलेसम्मम भारतमा करिब ३० लाखलाई कोरोना भाइरसविरुद्धको खोप लगाइसकेको छ । यसबीच भारतले आफ्ना मित्रराष्ट्रहरुलाई पनि खोप सहयोग गरेको हो ।
संयुक्त राष्ट्रसंघले भारतमा खोप उत्पादन क्षमता विश्वकै बढी भएको बताएको छ । भारतमा अहिले तिव्ररुपमा खोप लगाउन थालिएको छ ।
त्यस्तै भारतले अहिलेसम्म भुटान, माल्दिभ्स, बंग्लादेश, नेपाल, म्यानमार, अफगानिस्तान, श्रीलंका, ब्राजील र मोरिससलगायका देशमा सबै गरेर करोडौं खोप निशुल्क दिएको छ । भारतको प्रशंसामा संयुक्त राष्ट्र संघका महासचिव एन्टोनियो गुटरेसले भारतको क्षमता विश्वकै सम्पती भएको बताएका छन् ।
महासचिव गुटरेसले भारतले विश्वभर नै कोरोना भाइरसविरुद्धको खोप पुर्याउनका लागि ठूलो मद्दत गर्नसक्ने बताएका छन् । उनले भारतसँग आवश्यक सम्पूर्ण उपकरणहरु रहेको र भारतले विश्वलाई कोरोना भाइरसको माहामारीबाट उम्किन ठूलो योगदान दिनेमा अपेक्षा राखेका छन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया