ओलीले घरमा आगो लगाए…
१७ माघ २०७७, शनिबार २०:००
काठमाडौं। नेपाल कम्यूनिष्ट पार्टी (नेकपा)का केन्द्रीय सदस्य एवं पूर्व सांसद सीता गिरी ओलीले प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो घरमा आगो लगाउने काम गरेको बताएकी छन् ।
नेकपा माछापुच्छ्रे गाउँपालिका ३ घाचोकले आज (शनिबार) आयोजाना गरेको प्रतिगमन बिरुद्ध बिरोध सभा कार्यक्रममा सम्वोधन गर्दै उनले पार्टी र संविधानको विधि विपरित प्रधानमन्त्री ओलीले आफ्नै घरमा आगो लगाएको आरोप लगाएकी हुन् ।
‘कम्युनिष्ट पार्टी निर्माणमा नेता कार्यकर्ताले ठुलो दुःख कष्ट सहेर पार्टीलाई यो स्थानमा प¥यायौ,’ उनले भनीन्, ‘ठुलो त्याग र बलिदानीबाट हासिल गरेको झण्डै दुईतिहाई बहुमतको सरकार विघटन गरेर निर्वाचनमा जाने दुस्साहास गरे ।’
‘प्रधानमन्त्री ज्यू, तीन वटा नीति तथा बजेट पास गर्दा नेकपाले कहिले र कहाँ अबरोध सृजना ग¥र्यो, वलत्कारि हत्यारालाई पक्ता लगाऔं, भ्रष्टचार नियन्त्रण गरौं, नेपालको हित विपरितको एमसीसी संसोधन गरौं भन्दा असहयोग गरेको हुन्छ’, उनले भने, ‘नेकपाले कहिले विकास निर्माणमा बाधा अबरोध पु¥यायो।’

फेसबुकबाट तपाईको प्रतिक्रिया