प्रचण्डले ओलीलाई हेप्दै ‘फुच्चे बाउन्ने’ भनेपछि…
१७ माघ २०७७, शनिबार १९:१३
काठमाडौं। नेपाल कम्युनिस्ट पार्टी नेकपाको प्रचण्ड नेपाल समुहका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री केपी शर्मा ओलीको कार्यक्रमलाई फुच्चे बाउन्ने भन्दै कटाक्ष गरेका छन् ।
प्रतिनिधिसभा विघटको विरुद्ध धनगढीमा आयोजित विरोध सभालाई सम्बोधन गर्दै उनले ओलीले आफूले आफैंलाई खलनायकका रुपमा स्थापित गराएको आरोप समेत लगाएका छन् ।
ओलीले धनगडीमा आयोजित भेलामा उखान टुक्का हालेको कुरालाई इगिंत गर्दै प्रचण्डले आफूहरु धनगढीमा कमेडी सो गर्न र उखान टुक्का हाल्न नआएको तर मुलुकको स्थिरता जोगाउन चाहिं आएको बताए।
त्यस्तै उनले आजको तुलनामा ओलीको कार्यक्रम फुच्चे बाउन्ने भएको भन्दै आलोचना समेत गरेका छन् । ‘‘केपी ओलीले धनगढीमा आएर धेरै मानिस जम्मा पारेको भन्दै फुर्ति गरेका थिए तर आजको यो विशाल जनसभालाई देख्दा उनले गरेको कार्यक्रम फुच्चे बाउन्ने देखिएको छ’उनले भने ।
आफूलाई आधिकारिक भन्ने ओलीको पक्षमा स्थायी समिति र केन्द्रीय समितिका पदाधिकारीहरुमात्र नभएर जनताको साथ पनि कम भएको दावी गरे ।
‘केपी ओलीको केन्द्रीय कमिटीमा एक तिहाइ छैन, स्थायी कमिटीमा एक तिहाइ छैन। तपाईले आज सडकमा पनि एक तिहाईभन्दा कम हो भनेर देखाइदिनुभयो,’ उनले भने ।

फेसबुकबाट तपाईको प्रतिक्रिया