ओलीकाे भविष्य संकटमा, संसद् बैठक बसेर कारबाही गर्ने घोषणा
१६ माघ २०७७, शुक्रबार १९:२०
काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी नेकपाको प्रचण्डनेपाल समुहका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले संसद बैठक बस्न सक्ने बताएका छन् । शुक्रबार विराटनगरमा आयोजित विरोध सभालाई सम्बोधन गर्दै प्रचण्डले यस्तो बताएका हुन् ।
कार्यक्रमलाई सम्बोधन गर्दै ‘आदलतले संविधान र जनताको भावनाअनुसार फैसला गर्न भनेर बसेका छौँ हामी’, उनले भने, ‘म आज‘विराटनगरबाट भन्दैछु, जरुरी पर्यो भने देशैले सुने हुन्छ, संसदको बैठक बसेर केपी ओलीलाई कारबाही गर्छौं।’
यस्तो प्रचण्डले सभामा प्रचण्डले ओलीलाई जवाफ दिँदै भावुक भएका छन् । सम्बोधनका क्रममा उनले भने, ‘मैले मेरा छोराछोरीलाई पढ्न अमेरिका, बेलायत पठाइनँ, आफैंसँग जंगलमा बन्दुक बोक्न लिएर हिडेँ । मेरो दोष हो ?’
उनले अघि भने, उनले भने, ‘मैले आफ्ना छोराछोरीलाई विशेषाधिकार खोजिन । जतिबेला हामी गणतन्त्रको लडाइँ लड्दै थियौं, मेरा छोरीहरु रोल्पाको जंगलमा बन्दुक लिएर हिड्थेँ । के यो मेरो दोष हो ? छोराछोरी भएपछि बिहे हुन्छ, ज्वाइँ हुन्छन्, नाती नातिना हुन्छन् । मेरो दोष हो ?’

फेसबुकबाट तपाईको प्रतिक्रिया