रुपनी गाउँपालिकामा दुई वटा बालबिकास केन्द्र भवनको शिल्यान्स
१६ माघ २०७७, शुक्रबार १६:४०
राजविराज । सप्तरीको रुपनी गाउँपालिका अन्र्तगत रहेको दुई वटा बिद्यालयमा बालबिकास केन्द्र भवन निर्माणका लागि आज शिल्यान्स गरिएको छ ।
सबल नेपालका कार्यकारी निर्देशक दिपक झाका अनुसार रुपनी गाउँपालिका वडा नं. ५ स्थित मुकतेश्वरनाथ राष्ट्रिय प्राथमिक बिद्यालयमा शौचालय सहित एक कोठे बालबिकास केन्द्र भवन निर्माणका लागि आज यहाँ शिल्यान्स गरिएको बताउनुभयो ।

बिद्यालय ब्यवस्थापन समितिका अध्यक्ष महेन्द्र खंगको अध्यक्षतामा उक्त भवनको शिल्यान्स गरिएको हो ।
त्यस्तै रुपनी गाउँपालिका वडा नं. २ मा रहेको आर्दश सरस्वती राष्ट्रिय प्राथमिक बिद्यालयमा समेत बालबिकास केन्द्र भवन निर्माण गर्नका लागि शिल्यान्स गरिएको छ । त्यहाँ वडा अध्यक्ष दानालाल साहको अध्यक्षतामा भवन शिल्यान्स कार्यक्रमको आयोजना गरिएको सबल नेपालका कार्यकारी निर्दैशक झाले जानकारी दिनुभयो ।
अनुमानित रु ५० लाखको लागतमा निर्माण भइरहेको सो बालबिकास केन्द्र भवन अगामी ३ महिना भित्र बनाई सकिने योजना सहित काम थालिएको सबल नेपालले जनाएको छ ।
दुवै ठाउँमा रु २५÷२५ लाख रुपैयाको लागतमा निर्माण भइरहेको बालबिकास भवनसहित दुई÷दुई वटा शौचालय र बाथरुप संगै संगै निर्माण समेत गरिने जनाइएको छ ।
डब्लु एच,एच÷फलाई एन्ड हेल्प÷आइडाको आर्थिक तथा सबल नेपालको प्रबिधिक सहयोगमा निर्माण भइरहेको बालबिकास केन्द्र भवनको प्रमुख अतिथि रुपनी गाउँपालिकाका गाउँपालिका अध्यक्ष हरेराम यादवले भवनको शिल्यान्स गर्नुभयो ।
उक्त कार्यक्रममा डब्लु एच,एचका इन्जीनियर कमल चापागाई,सबल नेपालका अध्यक्ष जुना गिरी,कार्यकारी निर्देशक दिपक झा,सिनियर मेनेजर अशोक साह,प्राबिधिक इन्जिनियर रबिकान्त देव,रुपनी गाउँपालिकाका प्रशासकिय अधिकृत रेणुका साह, फोकलप्रशन मिथिलेश यादव र शिक्षा संयोजक श्यामप्रकाश यादव , बिद्यालयका प्रअहरु मिठु माझि र ललिता चौधरी लगायतका उपस्थित रहेको थियो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया