‘बाजे वकिल’का कारण प्रधानमन्त्रीलाई तनाव !
१६ माघ २०७७, शुक्रबार ०८:०४
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले बाजे वकिल भनेका वरिष्ठ अधिवक्ता कृष्णप्रसाद भण्डारी अहिले चर्चामा छन् ।
एक कार्यक्रममा प्रधानमन्त्री ओलीले एक जना बाजे वकिललाई लगेछन् तमासा गर्न भनेपछि भण्डारी चर्चामा आएका हुन् ।
भण्डारी चर्चामा मात्रै आएनन् प्रधानमन्त्री ओलीलाई यो अभिव्यक्ति महंगो परेको छ ।
वाजे वकिलको तामासा भनेर अदालतकै अवहेलना भएको भन्दै् अधिवक्ता कञ्चन कृष्ण न्यौपाने र कुमार शर्मा आचार्यले प्रधानमन्त्रीविरुद्ध रिट निवेदन दायर गरे।
न्यायाधीश मनोजकुमार शर्माको एकल इजलासले उक्त अभिवक्तिमा प्रधानमन्त्री ओलीसँग कारण मागेको छ ।
अदालतले ७ दिनभित्र लिखित जवाफसहित आफै उपस्थित हुन प्रधानमन्त्री ओलीका नाममा आदेश जारी गरेको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया