चर्का कुरा गर्ने ठूलै कांग्रेस नेतामाथि सर्वोच्चले लियो एक्सन! – Nagarikabhiyan : National News

चर्का कुरा गर्ने ठूलै कांग्रेस नेतामाथि सर्वोच्चले लियो एक्सन!

काठमाडौं । सर्वोच्च अदालतले पूर्वसभामुख एवं नेपाली कांग्रेसका पुराना नेता दमननाथ ढुंगानालाई अदालतको अवहेलना मुद्दामा किन कारवाही नगर्ने भनी कारण सोधेको छ ।

ढुंगानाले प्रधानमन्त्रीको संसद विघटनको कदमको विरोधका क्रममा अदालतलाई समेत धम्क्याउँदै न्यायाधीशलाई सडकमा तानेर ल्याउन सक्ने अवस्था आउने बताएका थिए ।

उक्त अभिव्यक्तिमा अधिवक्तामा राजाराम घिमिरेले अदालतको अवहेलना मुद्दामा रिट निवेदन दायर गरेका थिए ।

न्यायाधीश मनोजकुमार शर्माको एकल इजलासले ढुंगानालाई लिखित जवाफसहित एक हप्ताभित्र अदालतमा आफै उपस्थित हुन आदेश दिएको हो ।

अब उनी आफै उपस्थित भएर जवाफ दिनुपर्ने छ ।