चितवनमा प्रचण्डलाई आफूले जिताएको भन्दै प्रचण्ड-माधवप्रति ओलीको कटाक्ष : ‘दशा लागेपछि के लाग्यो ?’ – Nagarikabhiyan : National News

चितवनमा प्रचण्डलाई आफूले जिताएको भन्दै प्रचण्ड-माधवप्रति ओलीको कटाक्ष : ‘दशा लागेपछि के लाग्यो ?’

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पुष्पकमल दाहाल प्रचण्डलाई गएको निर्वाचनमा चितवन पुगेर जिताएको भन्दै अबको चुनावमा जितेर देखाउन चुनौती दिएका छन् । काठमाडौंमा जिफन्टको भेलालाई सम्बोधन गर्दै ओलीले यस्तो बताएका हुन् ।

प्रधानमन्त्री ओलीले पार्टी मुलधारमा रहेका समयमा आफ्नो सहयोग पनि पाएकाले चुनाव जितेका प्रचण्ड दशा लागेर अलग बनेका भन्दै कटाक्ष गरेका छन् । अबको चुनावमा प्रचण्ड-माधव समूहले कतै नजित्ने पनि ओलीले दावी गरे ।

ओलीले भने, ‘चितनवमा गएर, सबै जनतालाई फकाएर चुनाव जिताएका हौँ हामीले । त्यसअघिको चुनावमा सिरहामा बत्ती निभाएर चुनाव जितेका प्रचण्डले । अब अहिले दशा लागेर पार्टी छाडेर गए । अब जितेर देखाउन् चुनाव !’