मोटरसाईकल दुर्घट्नामा एकको मृत्यु
१५ माघ २०७७, बिहीबार ११:१३
राजविराज । सप्तरीको हनुमाननगर कंकालिनि नगरपालिका १ कोशी ब्यारेज नहरको छेउमा आज बिहान मोटरसाइकल दुर्घटनमा परि एक जनाको मृत्यु भएको छ । भन् दुई जना घाइते भएका छन ।
कोशी मेलाको लागि पुर्वबाट पश्चिम तर्फ आउदै गरेको ३ जना सवार स. ३ प. ३०४७ नम्बरको मोटरसाइकल आफै अनियन्त्रित भई बाटोको उतर छेउमा बिग्रेर राखेको पुरानो रोलरमा ठोकिएर दुर्घट्ना भएको हो ।
सो दुर्घटनमा परि मोटरसाइकल चालक सप्तरीको तिलाठी कोईलाडी गाउँपालिका ३ सखरपुरा मुखिया टोल बस्ने ३० बर्षिय शिव कुमार मुखियाको मेत्यु भएको प्रहरी नायव उपरिक्षक भुवनेश्वर साहले जानकारी दिनुभयो ।
ठक्करबाट गम्भिर घाइते भएका मुखिएको बिराटनगरस्थित गोल्डेन अस्पतालमा उपचारको लागि गलिएपनि उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।
त्यस्तै मोटरसाइकलको पछाडी सबार सोही ठाउँका २० बर्षीय राम कुमार मुखिया र २५ बर्षिय राम अवतार खंङ घाईते भएका छन ।
उनीहरुको उपचारको लागी बिराटनगरस्थित गोल्डेन अस्पतालमा पठाइएको जिल्लला प्रहरी कार्यालयले जनाएको छ । घटना बारे अनुसन्धान भइरहेको ईलाका प्रहरी कार्यालय भारदहले जनाएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया