लौकहीबाट भारत तिर लादै गरेको युवतीको उद्धार
१४ माघ २०७७, बुधबार २०:१७
कोशी । सुनसरीको सिमावर्ती गाउँपालिका लौकही १ दसगजाबाट भारत तर्फ लादै गरेको एक युवातीको उद्दार गरिएको छ। नेपालबाट फकाएर भारततर्फ बेचविखनको उद्देश्यले लैजादै गरेको युवतीको उद्धार गरेको हो ।
नेपाल भारतबीच रहेको खुल्ला सीमा सिल रहेको अवस्थामा पनि चोर बाटो हुँदै भारततर्फ लैजादै गरेको अवस्थामा विओपी लौकहीका इन्सपेक्टर नेतृत्वको टोलिले बुधबार ४.५० बजेको समयमा प्रहरीले नियन्त्रणमा लिइ सशस्त्र प्रहरी बल बिओपी नेपाल लौकहीले मानव बेचविखन गर्न उद्देश्यले लैजादे गरेको अवस्थामा युवतीको बुधबार उद्धार गरेको हो ।
जिल्ला धादिङ्ग थाँक्रे गा.पा. १० बस्ने ध्रुब बर्तौलाको छोरी बर्ष १७ की रोसनी बर्तौलालाइ भारतमा काम लगाइ दिन्छु भनी जिल्ला अररिया बाँसमतिया ग्रामपञ्चायत ९ भैरवगंज भारत बस्ने मोहम्मद बसिरको छोरा बर्ष २१ को मोहम्मद मुस्तफा र जिल्ला सुनसरी हरिनगरा गा।पा। ६ बस्ने जमाल अनसारीको छोरा बर्ष १८ को फारुक अनसारीसहित पक्राउ परेको छ। भारतमा काम लगाइ दिन्छु भनी प्रलोभनमा पारी लगिरहेको प्रहरीको दाबी छ। उक्त अभियोगीहरुलाइ र उद्दार गरेको युवातिको आवश्यक कानुनी कारबाहीको लागि उनीहरूलाई नेपाल प्रहरीको जिम्मा लगाएको बिओपी लौकहिका इन्स्पेक्टर अरुण पान्डेले जानकारी दिए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया