प्रतिनिधिसभा पुनस्थापना र नेकपा एकता, वामदेव गाैतम नयाँ अध्यक्ष !
१२ माघ २०७७, सोमबार २०:२८
काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का उपाध्यक्ष वामदेव गौतमले निर्वाचन आयोगले नेकपा एकता हुने गरी निर्णय गरेको बताएका छन् ।
सोमबार पत्रकारसँग कुरा गर्दै भने, “आयोगको निर्णयले पनि पार्टी फुट्नु हुन्न भन्ने सन्देश दिएको छ, यसले अब पार्टी एकतामा सहयोग गर्दछ ।” उनले एकता अभियान सर्वोच्च अदालतको निर्णयपछि झन सशक्त हुने भन्दै त्यसका लागि प्रतिनिधिसभा पुनःस्थापना आवश्यक रहेको बताए ।
यस्तै नेता गौतमले अब, आफु अध्यक्ष पनि हुने बताएका छन् । उनले आफू जता गए पार्टी एकता हुन्छ त्यतै जाने र अध्यक्ष हुने बताए ।
“म कुनै समूहमा जानका लागि अभियान चलाएको होइन”, उनले भने, “ जुन समूहले मलाई अध्यक्ष दिन्छन्, त्यही समूहमा गएर अध्यक्ष हुन्छु र पार्टी एकता गर्दछु ।”
उपाध्यक्ष गौतमले आफूले पार्टीमा गुटबन्दी नगरेकाले आफ्नो पक्षमा कोही नभएको बताए । “मैले पार्टीमा गुटबन्दी नगरेकाले मसँग कोही पनि केन्द्रीय सदस्य छैनन्, मसँग अहिले हरि पराजुलीभन्दा कोही छैनन्”, उनले भने ।

फेसबुकबाट तपाईको प्रतिक्रिया