अभिमुखिकरण तथा समन्वयन बैठक
१२ माघ २०७७, सोमबार १८:१७
राजविराज । नगरपालिका स्तरीय सरोकारबालासंग बार्षिक कार्यक्रमको अभिमुखिकरण तथा समन्वयन बैठक यहाँ सम्पन्न भएको छ ।
सेभ द चिल्ड्रेन तथा सेभ द सप्तरीको सााझेदारीमा राजविराज नगरपलिकामा आयोजना गरेको सन् २०२० मा भएका मुख्य गतिविधिहरुको समिक्षा गर्ने,आगामी आर्थिक सन् २०२१ का मुख्य गतिविधिहरुको प्रस्तुती र सुझाव संकलन तथा सहकार्यमा सहयोग गर्ने उदेश्य राखेर सो बैठक बसेको हो ।

कार्यक्रममा नाम दर्ता तथा बसाई ब्यवस्थापन,गुणस्तर मानक सम्बन्धि छलफल,सेभ द चिल्ड्रेन तथा सेभ द सप्तरी तथा समुन्नती कार्यक्रमबारे संक्षिप जानकारी ,योजना वा गतिविधी प्रभावकारी ढंगले कार्यान्वयन गर्नको लागि सरसल्लाह तथा सुझाव संकलन लगायतका बिषयमा छलफल गरिएको छ ।
राजविराज नगरपालिकाका उपप्रमुख साधना झाको अध्यक्षतामा सम्पन्न भएको बैठकमा वडा नं. १,२,१४,१५ र १६ का वडा अध्यक्ष,प्रमुख प्रशासकिय अधिकृत,बिषयगत शाखाका प्रमुख, शिक्षा,स्वास्थ्य,कृषि,महिला तथा बालबालिका प्रमुखहरुको उपस्थिितमा कार्यक्रम सम्पन्न भएको सेभ द सप्तरीका सुपरभाइजर राजीव चौधरीले जानकारी दिनुभयो ।
वडा बालसंरक्षण समितिका प्रतिनिधि,बालकल्वका बालबालिका, बिभिन्न बिद्यालयका प्रअ तथा वालबिकास केन्द्र,शिक्षा, स्वास्थ्य चौकीका इन्चार्ज,कृषक समुह,लघुउद्यमी लगायतका समेत सहभागिता रहेको थियो ।
सो कार्यक्रममा सेभ द चिल्ड्रेनका बरिष्ठ कार्यक्रम संयोजक अरुण महतो,लेखापाल सुरेश यादव,सेभ द सप्तरीका कार्यक्रम संयोजक गोपाल प्रसाद चौधरी,फिल्ड अधिकृत ललिता मंडल,बिष्णुकान्त देव,सत्यनारायण थारु,फर्जना खातुन,दुगानन्द शर्मा, सुपरभाइजर राजीव चौधरी,मनिता घिमैरे र समुदायिक परिचालक रामु यादव लगायतका पनि उपस्थििथि रहेको थियो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया