माधव नेपालले प्रचण्डलाई स्विकारे एकल अध्यक्ष – Nagarikabhiyan : National News

माधव नेपालले प्रचण्डलाई स्विकारे एकल अध्यक्ष

काठमाडौं । प्रचण्ड–नेपाल नेतृत्वको नेकपा अध्यक्ष माधव कुमार नेपालले आफु अध्यक्ष नभएको स्विकार गर्नुभएको छ । निर्वाचन आयोगले उहाको अध्यक्ष पदलाई मान्यता नदिएपछि उहाले म नभएर के भो त ? प्रचण्ड जी त हुनुहुन्छ नी ? भनि शुरुवाति प्रतिक्रिया दिनु भएको छ ।

दुई नम्बर प्रदेशको अगुवा भेललाई सोमबार पेरिसडाँडामा सम्बोधन गर्दै उनले भने, ‘निर्वाचन आयोगले मलाई अध्यक्ष मान्दिनँ भनेछ, केही छैन। प्रचण्डलाई मान्छु भनेपछि उहाँको आधारिकता त रह्यो। केपी ओलीको नाम निकालेर हामीले दिइसकेका छौं। केपी ओली समाप्त।’

केपी ओलीलाई पार्टी केन्द्रीय कमिटिले नै अध्यक्ष पदबाट निकालिसकेको नेपालले जानकारी गराए । केन्द्रीय किमिटिबाट निर्णय गरेर हटाउने अधिकार रहेको भन्दैं उनले केपी ओलीलाई अनुशासनको कारबाही गरेको बताए। ‘यस्तो अवस्थामा त्यो भएका दुई वटा अध्यक्ष मध्ये एउटा खाली हुने भयो। त्यो घुमिफिरी त आफूतिरै आउने नै हो’, उनले भने, ‘केपी ओलीजी, केही चान्स छैन तपाईँको। खुरूक्क जानुहोस्, वालुवाटार छोड्नुहोस्, आराम गरेर बस्नुहोस्।’

उनले केपी ओलीको समूहलाई धूलो छाप पार्टीको संज्ञा दिए। ‘केपी ओलीको धुलो छाप पार्टीमा  सदस्यहरू गए । ४५ सदस्यीय स्थायी कमिटीमा हामीसँग बहुमत छन्। ४३४ केन्द्रीय सदस्यमध्ये उनीहरूसँग जम्माजम्मी १०० जना होलान्,’ उनले भने,‘ ४५ जनाको स्थायी कमिटीमध्ये २८ जना हामीसँग छन्। २३ जान हुँदा बहुमत पुग्थ्यो भने हामीसँग २८ छ। त्यसो भएकाले बरू उता भएका मान्छेहरू पनि यतै आउन सक्नुहुन्छ है।’

अध्यक्ष नेपालले प्रतिनिधि सभा भंग हुने आधार नभएको बताए। प्रधानमन्त्री ओलीको चुनाव गराउने इच्छा नभएको भन्दै संकटकाल लगाएर अथवा तानाशाह लादेर भए पनि सत्तामा बसिरहन चाहेको उनले जिकिर गरे।