प्रचण्ड–माधव समूहको तेस्रो चरणको विराेध कार्यक्रम घोषणा, यस्तो छ तालिका
१२ माघ २०७७, सोमबार १२:२६
काठमाडौँ । नेकपाको प्रचण्ड–माधव समूहले तेस्रो चरणको आन्दोलनका कार्यक्रम घोषणा गरेको छ। सोमबार पत्रकार सम्मेलन गरि माघ १३ देखि २८ गतेसम्म आन्दोलनका कार्यक्रम सार्वजनिक गरिएकाे हाे।
प्रचण्ड-माधव समूहले भोली १३ गते काठमाडौंमा सिठ्ठी जुलुस गर्ने भएको छ । त्यस्तै, १४ गतेदेखि २१ गतेसम्म माइतीघर मण्डलामा संघीय सांसद र प्रदेश सांसदहरुले निरन्तर धर्ना दिने कार्यक्रम रहेको छ ।
यसैगरी काठमाडौंमा २८ गते विरोध प्रर्दशन र सभा गरी तेस्रो चरणको कार्यक्रम समापन गर्ने केन्द्रयि संघर्ष समितिका संयोजक नारायणकाजी श्रेष्ठले जानकारी दिएका छन् ।


फेसबुकबाट तपाईको प्रतिक्रिया